Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

१२ अर्बका विद्युतीय सवारी आयात

१२ अर्बका विद्युतीय सवारी आयात


  • 2.5K
    Shares

    १२ अर्बका विद्युतीय सवारी आयात
    images

    गत आर्थिक वर्षमा १२ अर्ब रूपयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९र८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन
    नेपाल भित्र्याइएका हुन् ।

    आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारी साधन झण्डै दोब्बर बढी आयात भएका हुन् । भन्सार विभागका अनुसार अघिल्लो आवमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए ।

    अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका हुन् । सरकारले गत आर्थिक वर्षमा साना खालका विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने निर्णय गरेसँगै साना क्षमताका विद्युतीय सवारी साधनको आयात ह्वातै बढेको देखिन्छ ।

    भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - ०५:३९:५४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij