२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले इन्जिनियर पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।
त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।
ती युवतीले केही समय अघि सामाजिक सन्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेको थिइन् । घरमा काेही नभएकाे माैकामा आफूमाथि पटक पटक याैन दुव्यवहार गरेकाे बताएकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij