Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?


  • 3.0K
    Shares

    प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । 

    अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो । 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यता, चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १०:१३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij