२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ। साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने, प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij