२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज मङ्गलबार नेपाली बजारमा सुनको मसल्य स्थिर रहेको छ भने चाँदी सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन अघिल्लो दिनकै मूल्यमा कारोबार हुनेछ ।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।यता, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार हुने चाँदीको मुल्य आज घटेर १ हजार ४ सय ५५ रुपैयाँमा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij