Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने, तयारी बैठक जारी

आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने, तयारी बैठक जारी


  • 3.6K
    Shares

    आज  राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने, तयारी बैठक जारी

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।  यसका लागि अहिले बालुवाटारमा नेपाल राष्ट्र बैंकको बोर्ड बैठक बसिरहेको छ। आजै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । 

    गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने बताउँदै आएका छन् । 

    सरकारले गत जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । 

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - ०९:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij