२०८२ भाद्र ३ गते मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउनपर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन्।
विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको संख्या घटाउनुपर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत नबोलेको बताए।
उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुने बताए। प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको उनको भनाइ थियो।
उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मंसिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij