Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चारवटै सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन-साइबर सुरक्षामा अझै गम्भीर भएर काम गर्नु

चारवटै सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन-साइबर सुरक्षामा अझै गम्भीर भएर काम गर्नु


  • 2.8K
    Shares

    चारवटै सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन-साइबर सुरक्षामा अझै गम्भीर भएर काम गर्नु

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रमुख सहितको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

    साइबार सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिने भएकाले सरोकारवाला निकायलाई गम्भीर हुन उनले आग्रह गरे ।

    बैठकमा प्रधानमन्त्री समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भइरहेका कामकारबाही बारे बिफ्रिङ गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदार बैरागीले जानकारी दिए ।

    ‘यो साइबर सुरक्षाका सम्बन्धमा हामीले अहिले के गरिराखेका छौं, कहाँ नेर चुनौती छ ? ती चुनौतीहरुलाई सम्बोधन गर्न के गर्नु पर्छ ? भन्ने विषयमा तीनवटा प्रस्तुतिहरु थियो’, बैरागीले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीको यसबारे प्रस्तुति थियो । त्यसमा अहिलेसम्म भएका काम, कारबाहीहरुको समीक्षा भयो ।’

    बैठकमा साइबर सुरक्षालाई बलियो बनाउने गरी छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १७:१३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij