२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड २६ औँ बर्ष पुरा गरि २७ औँ बर्षमा प्रवेश गरेको छ । बैंक आज साउन ५ गते शुक्रबारदेखि स्थापनाको २६ वर्ष पार गरी २७ वर्षमा प्रवेश गरेको हो ।
आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एशिया बैंकको सुरुआत भएको हो। आत्मीय सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६ औं वार्षिकोत्सव मनाउन गइरहेको बैंकले जनाएको हो ।
बैंकले यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवाला प्रति बैंकले आभार प्रकट गरेको छ।
‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ, साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौं,’ सम्पूर्ण सरोकारवालाहरुसमक्ष प्रण गर्दै बैंकले भन्यो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij