Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री श्रेष्ठ 

सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री श्रेष्ठ 


  • 3.7K
    Shares

    सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री श्रेष्ठ 

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।

    श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् ।

    गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा अनुसन्धान गर्न सुन बोकेको ट्याक्सी चालकसहित १० जना पक्राउ परिसकेका छन् ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - ११:१०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij