२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ६७ अर्ब बढी नाफा कमाएको विवरण राष्ट्र बैंकले प्रकाशित गरेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार गत आव साउनदेखि जेठसम्म २१ वाणिज्य बैंकले ६७ अर्ब २३ करोड नाफा कमाएका हुन्।
सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्र स्थानमा रहेको छ। नबिलले ११ महिनामा ७ अर्ब ११ करोड नाफा कमाएको छ। दोस्रो सूचीमा परेको ग्लोबल आइएमई बैंकले साढे ६ अर्ब बढी नाफा कमाएको छ।
तेस्रो सूचीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यस अवधिमा ४ अर्ब ७६ करोड नाफा गरेको छ। एनआईसी एसियाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकभन्दा १३ करोड कम नाफा गर्दै कुल ४ अर्ब ६३ करोड खुद नाफा गरेको छ।
एनएमबीले ३ अर्ब ३३ करोड, हिमालयनले ३ अर्ब ३० करोड, प्राइमले ३ अर्ब २१ करोड, स्ट्यान्डर्ड चार्टर्डले ३ अर्ब ११ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एभरेष्टले ३ अर्ब ६ करोड, कुमारीले २ अर्ब ९६ करोड, प्रभुले २ अर्ब ९० करोड, सानिमाले २ अर्ब २६ करोड, सिद्धार्थले २ अर्ब २२ करोड, नेपाल एसबिआईले २ अर्ब करोड, माछापुच्छ्रे र र सिटिजन्स बैंकले १ अर्ब ६८ करोड नाफा कमाएका छन्।
२१ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ५६ करोड नाफा कमाएको छ। लक्ष्मी बैंक, माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेसनल र सन्राइज बैंकको नाफा १ अर्बभन्दा माथि रहेको छ।
वैशाखसम्म यी बैंकले ५७ अर्ब १६ करोड नाफा कमाएका थिए। सबैभन्दा कम नाफा गर्नेमा कृषि विकास बैंक रहेको छ। कृषि विकास बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij