Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रधानमन्त्री दाहाल आज गोरखा जाने, बुढीगण्डकी आयोजना कार्यालयको उद्घाटन गर्ने

प्रधानमन्त्री दाहाल आज गोरखा जाने, बुढीगण्डकी आयोजना कार्यालयको उद्घाटन गर्ने


  • 2.3K
    Shares

    प्रधानमन्त्री दाहाल आज गोरखा जाने, बुढीगण्डकी आयोजना कार्यालयको उद्घाटन गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

    पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । गत असार २७ गते प्रचण्ड पत्नी सीता दाहालको निधन भएको थियो । त्यसयता प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - ०९:४७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij