२०८२ भाद्र २ गते सोमवार
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही साउन ३ गते बुधबार गोरखा जिल्लाको गण्डकी गाउँपालिका स्थित बुढीगण्डकी जलविधुत आयोजना क्षेत्रको निरिक्षणमा जाने कार्यक्रम तय भएको छ ।
सोही दिन गण्डकी ८ सिउरेनीटामा आयोजना गरिने कार्यक्रममा "बुढीगण्डकी जलविधुत कम्पनी लिमिटेड" को फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्ड द्वारा उद्घाटन गरिने गण्डकी गाउँपालिकाले जानकारी दिएको छ ।
उक्त कार्यक्रमलाई सफल बनाउन शुभचिन्तक एवं सरोकारवालाहरु, सञ्चारकर्मी र स्थानीय बासिन्दा सबैमा उपस्थितिको लागि पालिकाले आव्हान गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij