Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

गोरखा नगरपालिकाको १ अर्ब ३२ लाख रुपैयाँको बजेट नगरसभाबाट स्वीकृत

गोरखा नगरपालिकाको १ अर्ब ३२ लाख रुपैयाँको बजेट नगरसभाबाट स्वीकृत


  • 2.6K
    Shares

    गोरखा नगरपालिकाको १ अर्ब ३२ लाख रुपैयाँको बजेट नगरसभाबाट स्वीकृत

    गोरखा । गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ३२ लाख रुपैयाँको बजेट नगरसभाबाट स्वीकृत भएको छ । 

    नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले आइतबार बसेको बाह्रौ नगरसभामा पेश गरेको बजेट नगरसभाले स्वीकृत भएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

    आगामी आर्थिक वर्षका लागि नगरपालिकाले ६ करोड ७६ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको बजेटमा वडाले संकलन गर्ने राजस्वका आधारमा बढी राजस्व उठाउने वडाहरुलाई थप प्रोत्साहन रकम उपलब्ध गराउने र फुजल खर्च घटाउने व्यवस्था गरिएको छ ।

    त्यस्तै, नगरपालिकाले बहुवर्षिय कार्यक्रम अन्तर्गत गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म नाला तथा फुटपाथ ब्यवस्थापनका लागि ८० लाख तथा बेनीखोला ताल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको उपप्रमुख मसलीमाया थोकर (सपना पुन) ले जानकारी दिए ।

    नगरपालिकाले सदरमुकामको खोलखोले क्षेत्र र धनुबासेमा बसपार्क निर्माणका लागि ४० लाख रुपैया बजेट बिनियोजन गरेको छ । रामशाहघाटमा शवको अन्त्येष्ठीका लागि नि: शुल्क दाउरा उपलब्ध गराउनका लागि समेत नगरपालिकाले ५ लाख रुपैया आर्थिक बर्ष २०८०/०८१ को बजेटमा बिनियोजन गरेको उनले बताए ।

    त्यस्तै, कृषि एम्बुलेन्स सञ्चालन, छेवेटारमा क्रिकेट मैदान निर्माणलाई पनि प्राथामिकता दिएर नगरपालिकाले बजेट बिनियोजन गरेको छ । नगरपालिकाले ५६ वटा नगरस्तरीय योजनाका लागि ६ करोड २ लाख बजेट छुट्याएको छ । त्यस्तै प्रत्येक वडालाई ८० लाख रुपैयाका दरले बजेट बिनियोजन गरेको उपप्रमुख थोकरले जानकारी दिए ।

    नगरपालिकाले अन्तर सरकारी वित्तिय हस्तान्तरण संघीय सरकारको वित्तिय समानीकरण अनुदानबाट २१ करोड २२ लाख, सशर्त अनुदान चालुतर्फ ३६ करोड ४३ करोड, पुँजीगततर्फ २३ करोड ६० लाख, संघीय सरकारको विशेष अुनदान १ करोड र समपुरक अनुदान ८ करोड रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान गरेको छ ।

    यस्तै, प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानतर्फबाट ३ करोड २४ लाख ५८ हजार र समपुरक अनुदान १ करोड रुपैयाँ प्राप्त हुने उपप्रमुख थोकरले बताए । 

    राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट १२ करोड १२ लाख ६८ हजार, विद्युत रोयल्टीवापत १ करोड र प्रदेश सरकारबाट १ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेर नगरपालिकाले बजेट ल्याएको हो ।

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - ११:२०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij