Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


  • 2.5K
    Shares

    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य सूची तय गर्दै हिजो आइतबारको तुलनामा सुनचाँदीकै मूल्य स्थिर कायम भएको हो ।

    महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता,चाँदीको मूल्य समेत स्थिर कायम छ । हिजो आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य स्थिर कायम थियो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १०:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij