Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिँदैनौं : रवि लामिछाने

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिँदैनौं : रवि लामिछाने


  • 2.1K
    Shares

    मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिँदैनौं : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए अब सदन चल्न नदिने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनउले कसको स्वार्थमा यो विधेयक नल्याइएको भन्दै प्रश्न समेत गरेका छन्। 

    ‘आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि सरकारले ल्याउन ओजेको विधेयेकलाई ब्युँताएर कार्यसूचीमा नराखे रास्वपा सदन चल्न दिने छैन,’ उनले भने। उनले १५ दिनभित्र यो विधेयक पारित गराउन सकिने समेत बताए। 

    ‘यो मिटरब्याजसम्बन्धी विषयलाई लिएर यो अध्यादेश जो जिरोमा गयो। प्रतिपक्षी बेन्चमा बसेका कारणले प्रतिपक्षीहरु यसको विरोधमा छन् भन्ने भाष्य निर्माण गर्न सकियो,’ लामिछानेले भनेका छन्। 

    ‘यसभन्दा अगाडिको बैठकमा सुनियो, मिटरब्याजको अध्यादेश शून्यमा गयो। प्रतिस्थापन विधेयकमार्फत अघि बढ्न सक्थ्यो भन्ने चर्चा चल्यो। प्रतिपक्षीहरू यसको विपक्षमा छन् भन्ने भ्रम छर्न खोज्यो।

    आजको कार्यसूचीमा किन आएन?’ प्रश्न गर्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएकाहरूको पक्षमा छ। सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ। मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन्। उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले ल्याएन? यो सदनलाई थाहा हुनुपर्छ।’

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १४:३६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij