Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौं फर्कियो

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौं फर्कियो


  • 3.4K
    Shares

    भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौं फर्कियो

    काठमाडौ । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एन एएनप कलसाइन भएको जहाज पुन: काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ ।

    शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १: ५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको थियो । सो लगत्तै २: १० बजे पुन: काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

    उनले भने, ‘इन्डिकेशनमा समस्या देखिएको भनिएको छ, के भएको हो सो बारे इन्जिनियरहरुले हेरीरहेका छन् ।’ जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको सिटौलाले जानकारी दिए ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १४:१३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij