Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

'जनमत पार्टी' को प्रवक्ता बने शरदसिंह यादव 

'जनमत पार्टी' को प्रवक्ता बने शरदसिंह यादव 


  • 1.8K
    Shares

    • images
    'जनमत पार्टी' को प्रवक्ता बने शरदसिंह यादव 
    images

    काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । हिजो राति अबेरसम्म बसेको सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । यो पटक सो पार्टीको केन्द्रीय समितिमा दुईसय भन्दा बढी केन्द्रीय सदस्य थप गरिएको छ ।

    बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए ।

    केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् । यसअघि केन्द्रीय समितिमा रहेका तीन चार जना योपटक सचिवालयमा परेका छन् । जनमत पार्टी स्रोतकाअनुसार पार्टीको विधानअनुसार भने केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । पार्टीको विधान अनुसार ३५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्छ । अहिले २१६ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

    पछिल्लो समय जसपा नेपालबाट प्रवेश गरेका नेतामध्ये अधिकांश शीर्ष नेतालाई केन्द्रीय समितिमा समेटिएको छ । जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ भने लोसपाबाट प्रवेश गरेका डा. शरदसिंह यादव सचिवालयमा परेका छन् । उनलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, हालै लोसपा छाडेर उक्त पार्टीमा प्रवेश गरेका पल्टन ठाकुरलाई पनि राजनीतिक समितिमा राखिएको छ । जसपाबाट प्रवेश गरेका करिमा बेगम, सन्ध्या देव, प्रल्हाद गिरी र  लोसपाबाट प्रवेश गरेका राजेश मिश्रलाई राजनीति समितिमा राखिएको छ । 

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १३:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij