२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि भइ १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij