Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पत्नी शोकमा परेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

पत्नी शोकमा परेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित


  • 2.6K
    Shares

    पत्नी शोकमा परेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

    काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

    बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।

    ‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

    उनका अनुसार, समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ । ‘आज पनि समवेदना साट्न आउनेहरुलाई धन्यवाद दिए, फेरि साँझ हुनेछ’, आचार्यले भने ।

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - ११:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij