२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।
यता, आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij