Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?

प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?


  • 2.8K
    Shares

    • images
    प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन् । 

    ‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन’ प्रचण्डले प्रश्न गर्दै भने,‘ के यहीँ हो संसदीय अभ्यास ? प्रतिपक्षलाई हक छ म मान्छु । उनीहरूले प्रश्न उठाउन सक्छन् । राजेन्द्र लिङदेनले भन्या जस्तो नैतिकताको प्रश्न उठाउन पाइन्छ । राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ ।’  

    संसदीय अभ्यास र पद्यती  कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसँग थाहा भएको प्रचण्डले बताए । ‘संसदमा उभिएर यर्थात के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म संसद् अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन’ प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो ? यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ? प्रतिपक्षले प्रश्न उठाउन बित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो ? यी मेरा प्रश्न हुन ।’

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १६:०५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij