२०८२ भाद्र २ गते सोमवार
काठमाडौं। नेपाल सरकारका पूर्ववाणिज्य तथा पर्यटन सचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयको मुख्यसचिवमा नियुक्त भएका छन् ।
राप्रपाको केन्द्रीय सदस्यसमेत रहेका उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले मुख्यसचिवमा मनोनित गरेको राप्रपाले जनाएको छ । चितवन निवासी अधिकारी सेवाबाट निवृत भएपछि राप्रपा प्रवेश गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij