२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले महङ्गिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको मुल्य आइतबार बढेर १ लाख ११ हजार ३ सय रुपैयाँ र १ लाख १० हजार ५० रुपैयाँ रहेको तेजावी सुनलाई आज १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदीको मुल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij