Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पशुपतिमा जलहरी : गर्भगृहको भुइँमा भेटियो थप ४३ तोला सुन

पशुपतिमा जलहरी : गर्भगृहको भुइँमा भेटियो थप ४३ तोला सुन


  • 3.1K
    Shares

    पशुपतिमा जलहरी : गर्भगृहको भुइँमा भेटियो थप ४३ तोला सुन

    काठमाडौँ । पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरीमुनिको भागमा थप ४३ तोला सुन शुक्रबार बिहान भेटिएको छ। जलहरी राखिएको गर्भगृहको भुइँको भाग खोतलेर बढार्ने क्रममा उक्त परिमाणको सुन भेटिएको हो। 

    पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले सुन खोज्ने क्रम जारी रहेको बताए। तर उनले कति परिमाणमा थप सुन भेटिएको विषयमा खुलाउन चाहेनन्। 

    ‘केही सुन जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा भेटिएको छ। तर कति परिमाण हो भन्ने अहिले एकिन भइसकेको छैन’, उनले भने, ‘हामी खोजबिन गरिरहेका छौँ। भरेसम्म कति परिमाण भन्ने एकिन हुन सक्छ।’

    पशुपतिको गर्भगृहमा लगाइएको १०७ केजी ९२४.७४ ग्राम सुनबराबरको जलहरीको हिसाब अझै मिल्न सकेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लगाइएको सुनको जलहरीको हिसाब नमिलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।

    अख्तियारले जलहरी निकालेर जोख्दा करिब आधा केजी सुन नपुगेको पाइएको थियो। तर त्यसअघि नेकपा माओवादी केन्द्रका सांसदहरुले जहलरीको १० केजी सुन गायब गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका थिए। 

    जलहरीमा प्रयोग भएको सुनको हिसाब नमिलेपछि अझै खोजबिन भइरहेको छ। त्यहीक्रममा गर्भगृहबाट थप ४३ तोला सुन निकालिएको हो। 

    गत साता मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, पुरातत्व विभाग, गुठी संस्थान र सुन चाँदी व्यवसायी संघका प्रतिनिधिलाई राखेर जलहरीको सुन जोखेको थियो। त्यसबेला करिब आधा केजी सुन अपुग पाइएको थियो। 

     

     

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १५:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij