२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य प्रतितोला १ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा खरिद गर्न सकिने तेजावी सुनको मुल्य बढेर १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij