२०८२ माघ ७ गते बुधवार
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक भएको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ।
प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो। यसबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तिर्ण सबै विद्यालयलाई बधाई दिएका छन्।
ओलीले अब कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई टिप्स पनि दिएका छन्। उनले अब विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझाव दिएका हुन्।
अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होस्, ओलीले सामाजिक संजालमा लेखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij