Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 1.9K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका हो ।

    आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ४ सय ४० रुपैयाँ कायम गरेको छ । 

    त्यस्तै, चाँदीको मुल्य तोलामा १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ । 

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १०:५३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij