२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा सामान्य मूल्य बढेको जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भई तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ छ । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५ रुपैयाँ बढेसँगै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १३ सय ७५ रुपैयाँमा भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij