Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेलम्चीको पानी काठमाडौंमा अब दुई महिना बन्द हुने

मेलम्चीको पानी काठमाडौंमा अब दुई महिना बन्द हुने


  • 2.5K
    Shares

    मेलम्चीको पानी काठमाडौंमा अब  दुई महिना  बन्द हुने

    काठमाडौँ । उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिना पूर्ण रूपमा बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ ।

    मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठका अनुसार २६ किमि सुरुङको सुरक्षालाई समेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको हो । ‘वर्षा सुरु भएकाले उपत्यकामा पानीको ठूलो समस्या नहोला कि भन्ने अपेक्षा गरेको बताए

    २०७८ साल असारमा आएको बाढीले मुहानको माथिल्लो भागबाट आएको बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको पुन: निर्माण हुन सकेको छैन । दीर्घकालीन रूपमा मेलम्चीलाई कसरी स्थायित्व दिने योजना बन्न सकेको छैन । ‘बाढीपहिरो आउनुअघि सामान्य वर्षातमा पानी धमिलो नहुने मेलम्ची खोलाको पानीमा अहिले बालुवा र माटो बगेको छ,’ कार्यकारी निर्देशक श्रेष्ले भने,‘धमिलो पानी पठाउन त सकिने भए पनि जोखिम नउठाएको हो ।’

    दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्या देखिएको आयोजनाले जनाएको छ । खानेपानी मन्त्रालयसँगको समन्वयमा भएको छलफलमा जोखिम मोलेर पानी सञ्चालन नगर्ने निर्णय भएकाले बन्द गरिएको जानकारी श्रेष्ठले दिए । उनले सुरुङ जोगाउन पनि पानी बन्द गरेको तर्क गरे ।

    आयोजनाले दुई महिना बन्द हुने भने पनि वर्षा भइरहेमा पानी वितरण थप समय हुन नसक्ने प्राविधि बताउँछन् । पानी पर्नेवितिक्कै हेडवर्क्सको माथिल्लो भागबाट लेदो माटो बग्ने गरेको छ । बाढीले क्षतिग्रस्त हेडवर्क्स अस्थायी रूपमा मर्मतका लागि समयमा काम हुन नसक्दा समस्या झन् थपिएको भनाइ आयोजनाका अधिकारीहरूको रहेको छ ।

    चालु वर्षको बजेट वक्तव्यमा मेलम्ची बोर्ड खारेजीको घोषणा गरेपछि आयोजना अघि बढाउन निकै कठिन भएको थियो । नौ महिनापछि बोर्डलाई नयाँ प्रावधानसहित ब्युँताइएको थियो । बोर्डको अभावमा आयोजनाका काममा अवरोध सिर्जना भएको थियो ।

     

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १०:१४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij