Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाढीपहिरो र डुबान पीडितलाई सहयोग गर्न ओलीको आग्रह 

बाढीपहिरो र डुबान पीडितलाई सहयोग गर्न ओलीको आग्रह 


  • 2.1K
    Shares

    बाढीपहिरो र डुबान पीडितलाई सहयोग गर्न ओलीको आग्रह 

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

    ‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्, पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । 

    त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

    बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि अध्यक्ष ओलीले सरकारको ध्यानाकर्षण गराएका छन्  ।

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - ०९:५६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij