२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सोमबार सुनको मूल्य सामान्य गिरावट आएको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको जनाएको हो ।
तोलामा १०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij