Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


  • 2.9K
    Shares

    प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

    काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ बढेको हो ।

    यसअघि प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ पर्ने छापावाल सुनलाई आज १ लाख १० हजार १ सय रुपैयाँ पर्नेछ भने १ लाख ९ हजार १ सय रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख ९ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३ सय ७० रुपैयाँ पर्ने भएको छ ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १०:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij