२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बीमा अभिकर्ता तथा सर्भेयर लाइसेन्स आगामी असार मसान्तसम्म नविकरण गर्न सकिने भएको छ । नेपाल बीमा प्राधिकरणले सो समयावधिमा बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको हो ।
प्राधिकरणले २०७९ कात्तिक २१ गते भन्दा अघि दर्ता तथा नवीकरण भएका सम्पुर्ण अभिकर्ता र सर्भेयरहरुलाई लासेन्स नवीकरण गर्न आग्रह गरेको हो ।
बीमा ऐन २०७९ को दफा ९४ अनुसार असार मसान्त भित्र अभिकर्ता तथा सर्भेयर लाइसेन्स नविकरणका लागि प्राधिकरणले अनुरोध गरेको हो ।
उक्त समय पश्चात पनि इजाजतपत्र नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र स्वत:रद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij