Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री भन्छन्– भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन

प्रधानमन्त्री भन्छन्– भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन


  • 2.1K
    Shares

    प्रधानमन्त्री भन्छन्– भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ अझै नरोकिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उनको भनाइ छ । उनले बर्सौंदेखि डुंगुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताए ।

    आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुन भन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको बताए । 

    आफूले सरकार सञ्चालन गरे यता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर गरे ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १२:४६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij