Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

माओवादी केन्द्रद्वारा बजेटको पक्षमा मतदान गर्न ह्विप जारी

माओवादी केन्द्रद्वारा बजेटको पक्षमा मतदान गर्न ह्विप जारी


  • 2.5K
    Shares

    माओवादी केन्द्रद्वारा बजेटको पक्षमा मतदान गर्न ह्विप जारी
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले बुधबार (भोलि)को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

    प्रमुख सचेतक हितराज पाण्डेले भोलि बजेट निणयार्थ पेस हुने भन्दै बैठकमा उपस्थित हुन र पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

    “प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आव २०८०-०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ,” पाण्डेले जारी गरेको ह्विपमा भनिएको छ, “त्यसैले भोलि असार १३ गतेको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको ब्यहोरा अनुरोध छ ।”

     

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १६:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij