Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

इंग्लिस फुटबल लिग खेल्ने नेपाली मुलको पहिलो खेलाडी बन्दै किबन राई

इंग्लिस फुटबल लिग खेल्ने नेपाली मुलको पहिलो खेलाडी बन्दै किबन राई


  • 1.7K
    Shares

    • images
    इंग्लिस फुटबल लिग खेल्ने नेपाली मुलको पहिलो खेलाडी बन्दै किबन राई
    images

    काठमाडौं । इंग्लिस फुटबल लिग (ईएफएल)को क्लब न्युपोर्ट काउन्टी एसोसियसन फुटबल क्लबले नेपाली मुलका किबन राईलाई अनुबन्ध गरेको छ । ब्रेकोनमा बस्ने १८ वर्षीय किबन इंग्लिस फुटबल लिग खेल्ने पहिलो नेपाली मुलका खेलाडी बन्दै छन् ।

    किबनले करियरको सुरुआत ग्रासरुट स्तरमा ब्राकोन कोरिन्थियन्सबाट सुरु गरेका थिए । किबनसँग न्युपोर्टले अहिले सम्झौता गरे पनि उनी दुई वर्षअघि सन् २०२१ मा क्लबको एकेडेमीमा भित्रिएका थिए ।क्लबसँग छात्रवृत्ति सम्झौता गएका किबनको प्रदर्शनका कारण उनलाई गत सिजन पहिलो पटक साल्फोर्ड सिटीविरुद्धको सिनियर टोलीमा बोलाइएको थियो ।

    “एकेडेमीमा रहँदा किबनले हाम्रो ध्यान खिच्न सफल भए,” न्युपोर्टका प्रशिक्षक ग्राहम कोलिनले भने, “उनले क्लबको पहिलो टिमसँग केही महिना प्रशिक्षण गरे र आफ्नो खेलमा निकै सुधार ल्याए । र, गत सिजनको अन्तिम दिनमा क्रूविरुद्ध उसलाई टिमबाट पहिलो सुरुआत दिन पाउँदा म खुसी थिएँ ।”

    पहिलोपटक व्यावसायिक सम्झौता गरेपछि किबन भन्छन्, “म निकै खुसी छु । म युवा केटो हुँदादेखि नै यो मेरो सपना थियो । मलाई मनपर्ने कुरा गर्न सक्षम हुनु र यो अवसरको साथ प्रस्तुत हुनु अचम्मको कुरा हो । म योभन्दा खुसी हुनै सक्दिनँ ।” ईएफएल इंग्लिस फुटबल लिग प्रणालीको चौथो तह हो ।

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १२:०२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij