Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंक र यूएसएड ट्रेडबिच सम्झौता

कुमारी बैंक र यूएसएड ट्रेडबिच सम्झौता


  • 2.7K
    Shares

    कुमारी बैंक र यूएसएड ट्रेडबिच सम्झौता

    काठमाडौँ ।  कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता भएको छ। सहकार्यसम्बन्धी सम्झौतापत्र (एओसी) मा विभिन्न गतिविधिमा ३ वर्षसम्म प्रभावकारी सहकार्य गर्ने दुवै संस्था सहमत भएका हुन्। 

    सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसका चिफ अफ पार्टी अग्निज लुजले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार बैंकको एएमइज र एमएसएमइज क्षेत्रमा वित्तीय पहुँच र नवीन समाधानको विकास गर्न यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसले प्राविधिक विज्ञता उपलब्ध गराउनेछ। बैंकले भने वित्तीय तयारीका साथ व्यापार समाधानको अनुकूल प्याकेज आफ्ना शाखा र अनलाइन माध्यमबाट उपलब्ध गराउनेछ। 

    योजनाअन्तर्गत बैंकले आर्थिक वर्ष २०८०/८१ मा १० हजार नयाँ एसएमइज र एमएसएमइजलाई ‘बैंकिङरक्रेडिट रेडी’ एसएमइज तथा एमएसएमई सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ। 

    उक्त कार्यक्रममार्फत १ हजार योग्य महिला उद्यमीको पहिचान गरी कर्जा सुविधा पनि प्रदान गरिने बैंकले जनाएको छ। कोभिड–१९ महामारीबाट पुनरुउत्थान हुँदै गरेको नेपालको अर्थतन्त्रलाई वृद्धिको नयाँ बाटोमा लैजाने उद्देश्य ५ वर्षे गतिविधिका रुपमा यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेस कार्यक्रम आएको हो। 

    विगत २ दशकदेखि बैंकले आफ्ना ग्राहकलाई नवीनतम तथा प्रभावकारी सेवा–सुविधा प्रदान गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु जस्तै : इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा उपलब्ध गराएउँदै आएको छ। 

    देशभर रहेका ३२० शाखा, ४८ वटा एक्सटेन्सन काउन्ट, ६३ शाखारहित बैंकिङ इकाइ र २९६ वटा एटीएममार्फत बैंकले बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। 

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १६:१४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij