२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जपश्चात साउन महिनादेखि बिक्री वितरणको लागि १५ ओटा बिमा योजनाहरू छनौट गरेको छ । एकीकृत कारोबार पछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ले बजारमा बिक्रीका लागि ल्याउने बिमा योजनाहरू (प्रोडक्ट) छनोट गर्नु आवश्यक भएकोले उक्त योजना छनौट गरिएको कम्पनीले जनाएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सका अनुसार दुबै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषणपछि साउन १ गतेबाट बिक्री वितरणको लागि १५ वटा बीमा योजनाहरू (प्रोडक्ट) छनौट गरिएको हो ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड असारभित्र मर्ज हुने गरी तिब्र गतिमा तयारी भइरहेको दुबै कम्पनीले बताउँदै आएका छन् ।
नेपाल बिमा प्राधिकरणबाट एकीकृत कारोबारपछि प्रचलनमा ल्याउन उक्त योजनाहरू स्वीकृति समेत प्राप्त भैसकेको छ । नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरूलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको कम्पनीको भनाइ ।
कम्पनीले स्वीकृत बीमा योजनाहरूमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरू रहेको महालक्ष्मी लाइफले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij