Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ओखलढुंगा पहिरो अपडेट : एकै परिवारका चारजनाको मृत्यु

ओखलढुंगा पहिरो अपडेट : एकै परिवारका चारजनाको मृत्यु


  • 3.0K
    Shares

    ओखलढुंगा पहिरो अपडेट : एकै परिवारका चारजनाको मृत्यु

    काठमाडौँ । ओखलढुंगामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको समेत शव भेटिएको छ। 

    बिहीबार राति चम्पादेवी गाउँपालिका– ८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उनकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो।

    आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीय र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। 

    राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङको सँगै अन्य तीन घर पहिरोले बगाएको छ। बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको छ। अन्यले भागेर ज्यान जोगाएका थिए। पहिरोले पुरिएर चारजनाको मृत्यु भएपछि गाउँ  नै शोकमा परेको छ। 

    २०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो। 

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १२:२१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij