Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्रीलाई प्रश्न : मधेस प्रदेशमा किन कम बजेट विनियोजन भयो ? जवाफ–यो साँचो होइन

प्रधानमन्त्रीलाई प्रश्न : मधेस प्रदेशमा किन कम बजेट विनियोजन भयो ? जवाफ–यो साँचो होइन


  • 2.9K
    Shares

    प्रधानमन्त्रीलाई प्रश्न : मधेस प्रदेशमा किन कम बजेट विनियोजन भयो ? जवाफ–यो साँचो होइन

    काठमाडौँ । सांसद अजयकुमार चौरसियाले मधेस प्रदेशमा किन कम बजेट विनियोजन भयो ? भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद चौरसियाले मधेस प्रदेशको बजेटका साथै त्यस क्षेत्रको विकासका लागि के कति बजेट विनियोजन गरिएको हो ? भनेर प्रश्न गरेका हुन् ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा सबभन्दा कम बजेट विनियोजन भयो भन्ने कुरामा सत्यता नरहेको बताए । 

    ‘मधेस प्रदेशमा कम बजेट विनियोजन भन्ने कुरा साँचो  होइन । सङ्घीयताको मर्मअनुरूप सङ्घबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको क्रम १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा नै जाने गरेको छ’, 

    प्रधानमन्त्रीले भने, ‘यसका अतिरिक्त सङ्घबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग,पथ्लैया वीरगन्ज कोरिडोर,चन्द्रपुर–गौर हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सन, बागमती, कमला, चन्द्र नहर लगायतका सिँचाइ आयोजना, विभिन्न औद्योगिक र व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरेर नै अगाडी बढेका छन् ।’

    त्यस्तै, प्रधानमन्त्रीले तराई मधेस समृद्धि कार्यक्रम, मधेसलाई काठमाडौँसम्म जोड्ने द्रुतमार्ग लगायतका ठुला परियोजना पनि मधेस प्रदेशमै परेकाले तिनको सञ्चालनमा पर्याप्त बजेट विनियोजन गरेको बताए । 

    उनले पर्साको वीरगञ्ज विकास सरकारको प्राथमिकतामा परेको, नारायणी रङ्गशालाका लागि एक करोड ५० लाख, नारायणी अस्पतालका लागि ४१ करोड, ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगमार्फतको अनुदान जाने व्यवस्था मिलाएको तथा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता राखेको बताए । 

    प्रधानमन्त्री प्रचण्डले शिक्षाको बजेट नघटाएको भन्दै रैथाने बाली लगायतलाई सरकारले प्राथमिकताका साथ बजेट छुट्टाएको बताए ।

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - ११:१५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij