Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बिहानै लमजुङ, तनहुँ र गोरखामा भूकम्पको धक्का महसुस

बिहानै लमजुङ, तनहुँ र गोरखामा भूकम्पको धक्का महसुस


  • 2.8K
    Shares

    बिहानै लमजुङ, तनहुँ र गोरखामा भूकम्पको धक्का महसुस

    लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (लैनचौर) का अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो। 

    भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो। यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो। 

    पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ। 

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - ०७:१७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij