२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाडौंमा अवस्थित एरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा पाँचदेखि अधिकतम ४५%, इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० %, मैतिदेवी काठमाडौंमा अवस्थित बुईगल लाउञ्ज एण्ड बारका सेवाहरुमा १५% लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हाईटीका सेवाहरुमा अधिकतम १० %, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा अधिकतम १० % र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा १०%को छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij