२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याजरजरिवाना) मा छूट दिने भएको छ ।कम्पनीले आज एक सुचना जारी गर्दै बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याजरजरिवाना) मा छूट दिने बताएको हो ।
कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा अब शत प्रतिशतसम्म छूट पाउने भएका हुन् । यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरूमा विलम्ब शुल्कमा कम्पनीले छूट दिने भएको हो ।
हिमालयन लाइफ इन्स्योरेन्स ९साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स० बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा असार ४ देखि १५ गतेसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छूट प्रदान गर्ने जनाएको छ ।
३ वर्षसम्म व्यतित भएका बीमालेखहरूको ब्याज तथा जरिवानामा शत प्रतिशत, ३ वर्षदेखि ७ वर्षसम्मको लागि ५० प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधिका लागि २५ प्रतिशत छूट प्रदान गर्ने कम्पनीले जनाएको छ ।
विलम्ब शुल्क (ब्याज) छूट बीमा अवधिभरि एक पटक मात्र पाइने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij