२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा भारतीय फिल्म 'आदीपुरुष' प्रदर्शनमा रोक लगाएका छन्।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। धरानमा आदिपुरुषको प्रदर्शन नगर्नू होला जय देश,'उनले लेखेका छन्।
हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। गतबिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्याएसम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए।
काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शन रोकिएसँगै पोखरा र धरानमा पनि आदिपुरुष प्रतिबन्ध गरिएको छ। ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij