२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
यसअघि प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको हो । त्यस्तै, प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर १ हजार ४ सय २५ रुपैयाँ पुगेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij