Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)


  • 2.9K
    Shares

    मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

    जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री सञ्जय कुमार यादवले आजको प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरे ।

    आर्थिक सवेक्षणमा समग्र प्रदेशको आर्थिक सामाजिक अवस्थाको वास्तविक चित्रण गरिएको अर्थमन्त्री यादवले बताए ।उनका अनुसार सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक स्थिति, सार्वजनिक वित्तको अवस्था, कृषि, वन, गरिबी निवारण, श्रम, रोजगार, उर्जा, सिंचाई, सार, उद्योग, वाणिज्य, जनसंख्या, शिक्षा, स्वास्थ्य, सुशासन लगायतका क्षेत्रगत विकासको अवस्था, आर्थिक सामाजिक सूचक एवं परिसूचकको तथ्यांकलाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

    अब मधेश प्रदेशले बजेट पेश गर्नु अगावै आर्थिक सर्वेक्षण सार्वजनिक गरी प्रदेशको समग्र आर्थिक र सामाजिक अवस्थाको वास्तविक विवरण जनता समक्ष पारदर्शी तरिकाले प्रस्तुत गर्ने आशा लिएको अर्थमन्त्री यादवले बताए ।

    उनले भने, ‘विगतमा तल रहेको इन्डिकेटरलाई अगाडी ल्याउन चुकेका थियौं । तर अब त्यस्तो समस्या हुने छैन । अब तथ्यांकलाई आधार मानेर बजेट विनियोजन गरिनेछ ।’ आर्थिक सर्वेक्षणले सरकार सञ्चालनदेखि लिएर प्रदेशकै सर्वाङ्गिन विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

    यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठः

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - १६:४४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij