२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार घएको छापावाल सुनको भाउ आज घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो ।
त्यस्तै, तेजावी सुन यसअघि प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ५ रुपैयाँ मात्रै पर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij