Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले आवेदन दिन मिल्छ ?

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले आवेदन दिन मिल्छ ?


  • 2.9K
    Shares

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले आवेदन दिन मिल्छ ?

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक तर्फको २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । 

    बैंकले आज जेठ ३१ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी दिदैं बैंकले मूल्य खुलाएको छैन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १५:५०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij