Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बालकृष्ण खाँणका वकिलको जिकिर– जाहेरीमा समेत नाम छैन, साधारण तारेखमा रिहा गर्न माग

बालकृष्ण खाँणका वकिलको जिकिर– जाहेरीमा समेत नाम छैन, साधारण तारेखमा रिहा गर्न माग


  • 2.6K
    Shares

    बालकृष्ण खाँणका वकिलको जिकिर– जाहेरीमा समेत नाम छैन, साधारण तारेखमा रिहा गर्न माग

    काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण निर्दोष रहेको भन्दै साधारण तारेखमा रिहा गर्न उनका कानून व्यवसायीहरूले माग गरेका छन् ।

    नक्कली शरणार्थी प्रकरणमा पीडित भनिएकाहरू कसैले नाम नलिएको र जाहेरीमा पनि नाम उल्लेख नरहेको भन्दै उनीहरूले खाँणमाथिको अभियोग पुष्टि नहुने जिकिर गरेका हुन् ।

    खाजा ब्रेकअघि वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र अधिवक्ता पंकज कर्णले बहस गरेका थिए । उनीहरूले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण निर्दोष रहेको दाबी गरे । अर्का प्रतिवादी केशव दुलालले प्रहरीमा गरेको बयानका आधारमा अभियोग पुष्टि नहुने उनीहरूको जिकिर थियो ।

    अदालतमा बयान गर्दा स्वय‌ दुलालले पनि उक्त कुरालाई खण्डन गरेको दाबी समेत उनीहरूले गरे । जिल्ला अदालत काठमाडौंले बहसका लागि आज सम्मको समय दिए पनि बहस नसकिने भएको छ ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आइसकेका कुरा नदोहोर्‍‍याउन र नयाँ तथ्य मात्र पेश गर्न पटक-पटक आग्रह गरिरहेका छन् ।

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १५:२२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij